ललितपुरमा १९औं गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु (तस्बिरसहित)
ललितपुर। ललितपुरको जाउलाखेलमा आज बिहीबारदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी भव्य रूपमा सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको यो प्रदर्शनी आगामी सोमबारसम्म कुल पाँच दिनसम्म सञ्चालन हुनेछ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरपरी’ भन्ने नाराका साथ आयोजना गरिएको यस प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका विभिन्न गोदावरी फूलहरूबीच प्रतिस्पर्धा गराइँदै छ। आयोजकका अनुसार प्रदर्शनीमा गोदावरीका मुख्य पाँचवटा प्रजातिहरू— मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइनेछ।
पुष्प व्यवसायको प्रवर्द्धन तथा गोदावरी फूलको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले आयोजित यस मेलामा उत्कृष्ट उत्पादन गर्ने प्रदर्शकहरूलाई पुरस्कृतसमेत गरिनेछ।
(तस्बिर: सक्षम घिमिरे, नेपाल न्युज बैंक)
























No ads found for this position



डिसी नेपाल
Facebook Comment