बजाज ‘वेगो’ इलेक्ट्रिक तीनपाङ्ग्रे खरिदमा ५० हजार छुट, एक्सचेन्जमा ३० हजारसम्म अतिरिक्त मूल्यांकन
काठमाडौं। नेपालका लागि बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली ग्राहकहरूका लागि नयाँ ‘बजाज वेगो’ (Bajaj WEGO) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
‘चाडपर्वको बहार, वेगोमा ५० हजार!’ भन्ने नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ बजाज वेगो खरिद गर्दा नगद रु. ५० हजार छुट प्राप्त गर्न सक्नेछन्।
यस योजनालाई अझ सर्वसुलभ र आकर्षक बनाउन कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज वेगो खरिद गर्ने ग्राहकका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ।
ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई ध्यानमा राख्दै यस सवारीसाधनमा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको आकर्षक वारेन्टी सुविधा प्रदान गरिएको छ।
साथै, ग्राहकको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन हुलास फिनसर्भ प्राइभेट लिमिटेडलाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ, जसअन्तर्गत सजिलो फाइनान्सका साथै ३६ महिनाको मासिक किस्ता सुविधा पनि उपलब्ध छ।
नयाँ बजाज वेगो इलेक्ट्रिक तीनपाङ्ग्रेमा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्चजस्ता प्रमुख विशेषताहरू रहेका छन्।
पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक रेन्ज दिने यस सवारीसाधनमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्, जसले दैनिक व्यावसायिक प्रयोगलाई अझ सुरक्षित, व्यावहारिक र भरपर्दो बनाउँछन्।
यस योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्तहरू तथा उपलब्धताका लागि ग्राहकहरूले नजिकैको आधिकारिक बजाज तीनपाङ्ग्रे शोरुममा सम्पर्क गर्न सक्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment