सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

डिसी नेपाल
१३ कार्तिक २०८३ १५:१४
8
Shares

काठमाडौं। सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ।

शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको हो।

प्रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो। आगो नियन्त्रणका लागि दिङबुचेबाट प्रहरी टोली खटिएको र आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ।

होटलमा रहेका पर्यटकका सामान सुरक्षित स्थानमा सारिएको र आगलागी भएको होटल आसपासका अन्य होटलबाट समेत सामान र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *