विपद्पछिको पुनर्निर्माणमा नयाँ सोच अपनाउनुपर्नेमा नेपालको जोड

डिसी नेपाल
१३ कार्तिक २०८३ १६:३०
4
Shares

काठमाडौं। नेपालको विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई सुरक्षित, दिगो र उत्थानशील बनाउनुपर्नेमा जोड दिँदै थाइल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।

बैंककस्थित नेपाली राजदूतावास र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको संयुक्त आयोजनामा ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक कार्यशाला सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढीपछि नेपालले पहिलेको भन्दा बलियो संरचना निर्माण गर्ने मात्र नभई पुनर्निर्माणको फरक अवधारणा अपनाउन लागेको बताए।

उनले सुरक्षित स्थानको पहिचान, भविष्यमा आउन सक्ने विपद्बाट सुरक्षा, हिमाली क्षेत्रका जोखिमको विश्लेषण तथा विस्थापित नागरिकको सांस्कृतिक पहिचान र भावनाको सम्मान गर्दै पुनर्स्थापना गर्ने सरकारको प्राथमिकताबारे जानकारी गराए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती, उत्थानशील पूर्वाधार, संरक्षित जलविद्युत् आयोजना र दिगो जीविकोपार्जनसहितको नमुना हिमाली विकासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

उनले विपद्पछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना पुनःनिर्माणमा मात्र सीमित नराखी भविष्यका जोखिम सामना गर्न सक्ने सुरक्षित र दिगो विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *