पतञ्जली जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाए वारेसमार्फत तारेख लिने अनुमति

डिसी नेपाल
१३ कार्तिक २०८३ १७:५५
12
Shares

काठमाडौं । पतञ्जली योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले वारेसमार्फत तारेख लिने अनुमति पाएका छन्। विशेष अदालतले नेपाललाई आगामी कात्तिक १९ गतेको तारेख वारेसमार्फत बुझ्न मिल्नेगरी अनुमति प्रदान गरेको हो।

एक कार्यक्रमका सिलसिलामा विदेश भ्रमणमा जानुपर्ने भएपछि नेता नेपालले सो अवधिमा वारेसमार्फत तारेख बुझ्न पाउँ भन्दै विशेष अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा शुक्रबार सुनुवाइ भएपछि अदालतले उक्त अनुमति दिएको हो।

पतञ्जली योगपीठलाई कानुनले तोकेको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णयमा अनियमितता भएको दाबीसहित दायर गरिएको यो भ्रष्टाचार मुद्दा विगत करिब डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *