नावा खोलामा पानीको बहाव बढेपछि तमोर कोरिडोर अवरुद्ध

डिसी नेपाल
१३ कार्तिक २०८३ २१:४१
20
Shares

पाँचथर। निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ। सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि खोलाबाट सवारीसाधन पार गरिन्थ्यो। निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि आज अपराह्नदेखि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरले वर्षाका कारण पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जनाएको छ। साथै पानीको बहाव घटनासाथ पूर्ववत् अवस्थामा सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज मात्रै ताप्लेजुङबाट काठमाडौंका लागि छुटेको एउटा बस खोलामा फसेको थियो। स्थानीयवासी रोशन कार्कीका अनुसार स्थानीयवासी र प्रहरीले यात्रुको उद्धार सकुशल गरेका थिए। अकस्मात सडक अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको उनले बताए।

तमोर कोरिडोरले द्रूतमार्गका रूपमा पूर्वी पहाडलाई तराईसँग जोडेको छ भने राजधानी काठमाडौं जानसमेत सहज भएकाले यो सडकको प्रयोग बढिरहेको कार्कीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *