पृथ्वी राजमार्गको सीमलधारामा पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध, पन्छ्याउने कार्य जारी

डिसी नेपाल
१४ कार्तिक २०८३ १८:११
24
Shares

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन नजिकैको सीमलधारामा शनिबार दिउँसो पहिरो खस्दा सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।

राजमार्गको सो खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएपछि दुईतर्फी यातायात सुचारु गराउन तीनवटा मेसिनको प्रयोग गरी पहिरो पन्छ्याउने काम तीव्र गतिमा भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मी र आवश्यक कामदारहरूलाई परिचालन गरी यथाशीघ्र यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *