सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको छ।
शनिबार बसेको सचिवालय बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।
खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन, कसरी भयो छानबिन गर्न सरकारलाई निर्देशन दिएको बताए। उनले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको जानकारी गराए।
उनले बैठकले रास्वपाले प्रेस स्वतन्त्र अक्षुण हुने भएकाले सरकारलाई आगामी दिनमा समाचारका विषयलाई लिएर पत्रकार र प्रकाशकलाई पक्राउ नगर्न निर्देशन दिएको बताए।
समाचारको विषयलाई लिएर पत्रकार र प्रकाशकलाई सोधपुछ गर्ने कार्य अगाडि बढेको जानकारी पाउने बित्तिकै रास्वपाले विज्ञप्ति निकालेको स्मरण गराए। उनले छानबिनबाट दोषी देखिएकालाई तत्काल कारबाही गर्न निर्देशन दिइएको दोहोर्याए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment