सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
१५ कार्तिक २०८३ १०:५१
988
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक १५ गते) सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ।

मूल्यमा गिरावट आएसँगै आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि तोलामा १७५ रुपैयाँले कमी आएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *