एनपीएल: पोखरा एभेन्जर्ससामु जनकपुर बोल्ट्सले दियो १४८ रनको लक्ष्य

डिसी नेपाल
१५ कार्तिक २०८३ १८:४२
4
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो।

जनकपुरका लागि मध्यक्रमका ब्याटर तृप्त राज दासले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५२ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५६ रनको योगदान दिए। यसैगरी ओपनर मोइन अलीले २१ रन बनाए भने अनिल साह र हरमित सिंहले समान ९-९ रन जोडे।

पोखरा एभेन्जर्सका बलरहरूमध्ये पूर्व बंगलादेशी कप्तान सकिब अल हसनले कसिलो बलिङ गर्दै ३ विकेट लिए। उनले आफ्नो ३ ओभरको स्पेलमा मात्र ४ रन खर्चिएर ३ विकेट चटकाएका हुन्। त्यस्तै मोहम्मद सैफुद्दिनले १ विकेट लिए।

जवाफी ब्याटिङका लागि पोखरा एभेन्जर्स मैदानमा उत्रँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *