आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

डिसी नेपाल
१५ कार्तिक २०८३ २२:४७
8
Shares

दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी बराल, ७३ वर्षीय लीलाधर बराल घाइते हुनुभएको छ।

यस्तै, पर्साको सखुवा पर्सौनी बस्ने ३५ वर्षीया सपना चौधरी, कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ, ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडीगाड–७ बस्ने २५ वर्षीय विपिना विक, महोत्तरी बलवा नगरपालिका–७ बस्ने ३६ वर्षीय रुपेश मिश्र घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यस्तै तनहुँको व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय विकास ठकुरी, बन्दीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीया सृजना अछामी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *