चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै जोस र लोभका कारण विधि तथा कानुन कमजोर हुन नहुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै भण्डारीले जोसले अगाडिको बाटो देख्न छोडे र लोभका सामु पदले विवेक गुमाए विधि तथा कानुनले हस्तक्षेप गर्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘के हुँदैछ ? जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिदैन। किनकि जोस क्षणिक हुन्छ, लोभ अनियन्त्रित हुन्छ, तर त्यसको परिणाम पुस्तौं सम्म भोग्नुपर्छ!’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment