बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

डिसी नेपाल
१६ कार्तिक २०८३ २२:४७
12
Shares

बाग्लुङ । बागलुङमा चालु आर्थिक वर्षमा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियानको लक्ष्य करिब पूरा भएको छ। जिल्लाका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार १८२ जनाले खोप लगाएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार लक्षित किशोरीमध्ये ९९.३६ प्रतिशतले खोप पाएका हुन्। दुई चरणमा सञ्चालन गरिएको अभियानबाट लक्ष्यनजिक पुगिएको उनले बताए।

विद्यालयमा कक्षा ६ मा अध्ययनरत र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइएको थियो। लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी विद्यालय र घरघरमा पुगेका थिए।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १७७ किशोरीलाई एचपीभी खोप लगाइएको थियो। त्यसमध्ये कक्षा ६ मा अध्ययनरतबाहेक १० वर्ष उमेर समूहका तीन हजार ३०२ किशोरीलाई पनि खोप दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *