स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ ।
गत बिहीबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो ।
इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ ।
सरकारले आफूले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।
डा. केसीका अनुसार यो उनको २५औँ सत्याग्रह हो । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच तथा विगतका सहमति कार्यान्वयनको माग गर्दै उनी पटक–पटक अनशन बस्दै आएका छन्
No ads found for this position


डिसी नेपाल
Facebook Comment