सुकेधारामा ‘एनआरएनए स्पोर्टस एकेडमी’को घोषणा सभा तथा रात्री भोज हुँदै
काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) ले स्थापना गरेको ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को आज आइतबार बेलुका घोषणा गरिने भएको छ।
एनआरएनएले केहिदिन अघिमात्रै सचिवालयमा पत्रकार सम्मेलन गरी सो प्रतिष्ठानको लोगो सार्वजानिक गरेको थियो।
रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ सो प्रतिष्ठान स्थापना गरिएको एनआरएनएका युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले बताए।
संयोजक थापाकाअनुसार प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्छ।
घोषणा कार्यक्रमकै अवसरमा रात्री भोजको पनि व्यवस्था गरिएको छ । बेलुका ७ बजेदेखि एसियन पार्टी प्यालेस सुकेधारामा आयोजना गरिएको उक्त कार्यक्रममा एनआरएनएका खेलाडी, आईसीसीका प्रतिनिधि, एनसीसीका प्रतिनिधि, नवौँ विश्व सम्मेलनमा आएका प्रतिनिधि तथा पत्रकार सबैलाई संयोजक थापाले सहभागिताको लागि निमन्त्रणा गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment