रुस र युक्रेनको आपतकालीन चेतावनी प्रणालीमा साइबर आक्रमण

डिसी नेपाल
१७ कार्तिक २०८३ १०:५८
16
Shares

काठमाडौं । रुस र युक्रेन दुवै देशले आफ्ना आपतकालीन चेतावनी प्रणालीहरूमा ठूलो परिमाणको साइबर आक्रमण भएको दाबी गरेका छन्।

ह्याकरहरूले दुवै देशका सर्वसाधारणहरूलाई नक्कली अलर्टहरू पठाएपछि केही समयका लागि नागरिकहरूमा व्यापक त्रास र अन्योलको स्थिति सिर्जना भएको थियो। ती सन्देशहरूमा विकिरण (रेडिएसन) को खतरा र सम्भावित आणविक आक्रमणजस्ता संवेदनशील चेतावनीहरू समावेश गरिएका थिए।

रुसको आपतकालीन मन्त्रालयले आफ्नो ‘अलर्ट एप’ मा ठूलो स्तरमा साइबर हमला भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार यस आक्रमणमार्फत ह्याकरहरूले गलत र भ्रमपूर्ण सूचनाहरू फैलाउने प्रयास गरेका थिए। यद्यपि, मन्त्रालयले देशको सार्वजनिक अलर्ट प्रणाली हाल सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।

अर्कातर्फ, युक्रेनको ‘एयर रेड वार्निंग एप’ बाट पनि साइबर हमला लगत्तै झुटो चेतावनीहरू पठाइएको घटना बाहिर आएको छ।

युक्रेनको ‘सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्स’ ले यस साइबर हमलाको जिम्मेवारी रुसमाथि थोपरेको छ। उक्त संस्थाले सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट सेयर गर्दै युक्रेनको एयर रेड एपमा देखिएका केही झुटो अलर्टका स्क्रिनसट र तस्बिरहरूसमेत सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *