एनपीएल: जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै

डिसी नेपाल
१७ कार्तिक २०८३ १२:२८
8
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

जनकपुर र विराटनगर किङ्सबिचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।

जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले कीर्तिपुरको मैदानमा लक्ष्य पछ्याउन (चेज गर्न) सहज हुने आकलन गर्दै पहिले बलिङ गर्ने निर्णय लिएको बताएका छन्।

अर्कोतर्फ विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै बोर्डमा बलियो योगफल खडा गर्ने र त्यसलाई डिफेन्ड गर्ने रणनीति रहेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *