अमेरिकी मध्यावधि चुनाव २०२६: जर्जियामा डेमोक्र्याटको जितसँगै सुरु भयो संसद् कब्जाको भिडन्त

डिसी नेपाल
१८ कार्तिक २०८३ ६:४१

बीबीसी। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा प्रारम्भिक नतिजाहरू अनुसार अमेरिकी मध्यावधि निर्वाचन २०२६ को पहिलो ठूलो र महत्त्वपूर्ण परिणाम सार्वजनिक भएको छ।

अमेरिकाको प्रमुख ‘ब्याटलग्राउन्ड’ मानिने जर्जिया राज्यबाट डेमोक्र्याटिक पार्टीका बहालवाला सिनेटर जोन ओसोफले आफ्नो सिट सुरक्षित गर्दै जित दर्ता गराएका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित रिपब्लिकन उम्मेदवार माइक कलिन्सलाई पराजित गर्दै ओसोफले सिनेटमा डेमोक्र्याटको उपस्थिति बलियो बनाएका हुन्।

यतिबेला सबैको ध्यान नर्थ क्यारोलिना, साउथ क्यारोलिना र ओहायो जस्ता महत्त्वपूर्ण राज्यहरूमा केन्द्रित छ, जहाँ मतदान हालै सम्पन्न भई मतगणना जारी रहेको छ।

भर्खरै सार्वजनिक भएको एक ठूलो एक्जिट पोल अनुसार अधिकांश अमेरिकी मतदाताहरू वर्तमान आर्थिक अवस्थाप्रति असन्तुष्ट देखिएका छन्। उत्तर अमेरिकाका विश्लेषकहरूका अनुसार, सरकारमा रहेका रिपब्लिकनहरूका विरुद्ध आर्थिक असन्तुष्टि चुलिनुले तत्कालका लागि डेमोक्र्याटहरूलाई राजनीतिक लाभ र केही राहत दिलाउन सक्ने अनुमान गरिएको छ।

यस पटकको मध्यावधि निर्वाचनमा अमेरिकी संसद्का दुवै सदन प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका कुल १०० मध्ये ३५ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। साथै, ३६ वटा राज्यका गभर्नर र स्थानीय जनप्रतिनिधिहरू चयनका लागि पनि मतदान भएको छ।

हाल अमेरिकी संसद्का दुवै सदन-प्रतिनिधिसभा र सिनेटमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको छ। संसद्मा पुनः नियन्त्रण कायम गर्न डेमोक्र्याटहरूले प्रतिनिधिसभामा थप ४ सिट जितेर २१८ सिट पुर्‍याउनुपर्छ भने सिनेटमा पनि स्पष्ट बहुमतका लागि थप ४ सिट जितेर ५१ सिट पुर्‍याउनुपर्ने हुन्छ।

यदि डेमोक्र्याटहरूले कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरेमा, यसले ह्वाइट हाउसमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका आगामी नीति, बजेट तथा कानुन निर्माण प्रक्रियामा ठूलो चुनौती र अंकुश लगाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *