इनम सापकोटा प्रकरण: सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : कांग्रेस महामन्त्री डा. डिला संग्रौला
काठमाडाैं। इनम सापकोटा प्रकरणमार्फत देशमा सत्ताको चरम दुरुपयोग भइरहेको कुरा घामजस्तै छर्लङ्ग भएको नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले बताएकी छिन्।
देशमा प्रधानमन्त्री बालेन शाह छन् वा छैनन् भन्ने कुरासमेत आम मानिसले पत्ता लगाउन छाडेको अवस्थामा मुलुकमा सुशासनको साटो छाडातन्त्र हावी हुँदै गएको विभिन्न उदाहरणले देखाएको उनको भनाइ छ।
लोकतन्त्रको सचेत पहरेदार मानिने नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको उल्लेख गर्दै, सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का रहेको उनले चेतावनी दिएकी छिन्।
जिम्मेवार सञ्चारमाध्यमहरूबाट सार्वजनिक भइसकेका समाचारलाई औंल्याउँदै महामन्त्री संग्रौलाले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको विषय गम्भीर रहेको बताएकी छिन्।
अब यस विषयमा जवाफ दिने पालो सत्ता र सत्तारुढ दलको भएको भन्दै उनले “के बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?” भनी प्रश्न समेत गरेकी छिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment