नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा १३,३०० रुपैयाँले बढ्यो
काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव देखिने क्रममा आज सुनको मूल्य उच्च दरमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुनको भाउ ताेलामा ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ र सोमबार २ हजार ३ सय रुपैयाँ बढेको थियो भने गत आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो। त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो भने गत कात्तिक ८ गते सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ तोलामा २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ, जुन हिजो ३ हजार ६ सय ५५ रुपैयाँ रहेको थियो। विगत केही समययता सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव हुँदै आएको छ।
यसअघि गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
त्यसैगरी, गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो भने गएको माघ १५ गते चाँदीको भाउ तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन चाँदीको मूल्यमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट र उच्च मूल्य हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment