डेमोक्र्याट्सको जितपछि कच्चा तेलको मूल्य १०० डलरभन्दा तल झर्यो, शेयर बजारमा उछाल
काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजय र डेमोक्र्याट्सको जितपछि तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ भने शेयर बजारमा तीव्र उछाल देखिएको छ।
बुधबार दिउँसो तेलको मूल्यको अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ८ प्रतिशतभन्दा बढीले घटेर लगभग ९५ डलर प्रति ब्यारेलमा आइपुगेको छ, जुन दुई महिनायताकै सबैभन्दा तल्लो विन्दु हो।
यो गिरावट अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘इरानसँगको युद्धका कारण रिपब्लिकनहरूले चुनाव हारेको’ बताएपछि आएको हो।
भान्सको यस भनाइपछि लगानीकर्ताहरूले मध्यपूर्वमा सङ्घर्ष बढ्ने जोखिमको पुनर्मूल्याङ्कन गरेका छन्।
बजारले भान्सको ‘युद्ध अन्त्य गर्ने’, ‘जीवनयापनको लागतमा ध्यान केन्द्रित गर्ने’ र इजरायलसँग ‘अमेरिकाको सम्बन्धको समीक्षा गर्ने’ आह्वानलाई सकारात्मक सन्देशका रूपमा लिएको देखिन्छ।
निर्वाचनको नतिजालाई मध्यपूर्वमा तनाव कम हुने सङ्केतका रूपमा हेरिएको छ।
बुधबार प्रमुख अमेरिकी शेयर सूचकाङ्कहरूमा तीव्र वृद्धि देखिएको छ। डउ जोन्स इन्डस्ट्रियल एभरेजमा ३ प्रतिशतको उछाल आएको छ।
एसएन्डपी ५०० मा १.६ प्रतिशतले वृद्धि भएको छ भने प्रविधि (टेक्नोलोजी) शेयरहरू समावेश रहेको न्यास्ड्याक कम्पोजिट १.४ प्रतिशतको बढोत्तरीका साथ बन्द भएको छ।
भारतमा पनि सेन्सेक्समा १,३८८.४३ अङ्क अर्थात् १.८ प्रतिशतको उछाल देखिएको छ भने निफ्टीमा ३८२.१५ अङ्क अर्थात् १.५९ प्रतिशतको वृद्धि दर्ता भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment