एनपीएल: सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७६ रनको लक्ष्य

डिसी नेपाल
२० कार्तिक २०८३ १४:३८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध जितका लागि १७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको छ। सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रनको योगदान दिए भने विनोद भण्डारीले २७ रन बनाए। यसैगरी, ब्राण्डन म्याकमुलनले २४ रन, इशान पाण्डेयले २३ रन, थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कॉट कुग्गेइजनले अविजित १९ रनको आक्रामक पाली खेले।

कर्णाली याक्सतर्फबाट बलिङ गर्दै मार्क वाटले किफायती बलिङ गर्दै २ विकेट हात पारे। त्यस्तै, नन्दन यादव, हुसैन तलत र सूर्य तामांगले समान १–१ विकेट आफ्नो नाम गरे। पहिलो इनिङ्स समाप्त भएपछि अब कर्णाली याक्स निर्धारित लक्ष्य प्राप्त गर्नका लागि ब्याटिङ मैदानमा उत्रने तयारीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *