चितवनमा जिप दुर्घटना हुँदा २५ जना घाइते

डिसी नेपाल
२० कार्तिक २०८३ १९:५०

मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे राप्ती नगरपालिका–५ भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो।

सिपडाँडास्थित भित्री सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा खस्दा जीपमा सवार २५ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *