एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा
काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तेह्रौं अर्धशतक काठमाडौंका डेभिड वार्नरको नाममा लेखिएको छ।
वार्नरले आज लुम्बिनी लायन्सकाविरूद्ध ३३ बलमा अर्धशतक पूरा गरे। उनको अर्धशतकमा १ छ्क्का र ८ छ्क्का सामेल छन्।
जारी प्रतियोगितामा हालसम्म १३ अर्धशतक प्रहार भएका छन्।
यसअघि विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका थिए।
विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment