८ तस्वीरमा हेर्नुहोस् कहिँ नभएको जात्रा हाँडीगाउँमा
काठमाडौँ। काठमाडौको हाँडीगाउँमा बिहीबारबाट हाँडीगाउँको जात्रा सुरु भएको छ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट देखि ३ दिन सम्म यो जात्रा मनाउने गरिन्छ। लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौँका अन्य जात्रा भन्दा फरक हुन्छ।
रथको गजुर तलपारी र गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरिन्छ। भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ।
साथै रथमा मैनको सुगन्धित फुल बनाई राख्ने गरिन्छ। यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडीगाउँमा भनिएको स्थानीय बताउछन्।
जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भिड हुने गर्दछ।
यो फूललाई प्रसूतिपीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने विश्वाश गरिन्छ।







No ads found for this position

डिसी नेपाल
Facebook Comment