मापसे गरि गाडी हाँक्नु विश्वविजेता कप्तानलाई पर्यो महँगो

डिसी नेपाल
९ भदौ २०७५ १५:४२

मदिरा सेवन गरि गाडी हाँक्नु टोटनह्यामका कप्तान हुगो लोरिसलाई महँगो सावित भएको छ।

फ्रान्सलाई यसवर्षको विश्वकप दिलाएका लोरिसलाई प्रहरीले शुक्रबार मदिरा सेवन गरि गाँडी हाकि रहेको अवस्थामा पक्राउ गरेको थियो।

आर्सनलका लुरेन्ट कोसिन्ले र चेल्सीका ओलिभर गिराउडसँग रातभरी मदिरा सेवन गरि घर फर्कने क्रममा प्रहरीको चेकजाँचमा उनी परेका थिए। ३१ वर्षे लोरिसलाई अर्को महिना अदालतमा उपस्थित गराइने भएको छ।

क्लबले कानुन उल्लघंन गरेको पाइएपछि उनलाई २ लाख ४० हजार पाउण्ड जरिवाना तिराउनुका साथै क्लबको कप्तानीबाट हटाउने विषयमा छलफल गरिरहेको अंग्रेजी अखबार द सनले जनाएको छ।

लोरिसले आफूले गरेको कार्यको पूरा जिम्मेवारी लिने भन्दै त्यसले परिवार, साथिभाई र क्लबप्रति परेको असरप्रति क्षमायाचना गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *