एनआरएनएको अध्यक्षमा पन्त निर्वाचित भएसँगै हयातमा खुशीको माहोल (फोटोफिचर)

डिसी नेपाल
१ कार्तिक २०७६ १२:५६

काठमाडौं। गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। निर्वाचन समितिका आयुक्त शिव रिमालले विजयी उम्मेद्वारहरुको नामावली घोषणा गरेका हुन्।

जसमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाएका थिए।

एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन्।

यस्तै महासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा लोक दाहाल तथा महिला संयोजकमा भोमा लिम्बु विजयी भएका छन्।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ३४० मत खसेको थियो ।

यसअघि संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल तथा भवन भट्टले एक कार्यकाल संघको नेतृत्व गरिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *