चाँदीको गरगहनासहित एक युवक पक्राउ

डिसी नेपाल
३ कार्तिक २०७६ ११:२३

लहान । प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ।

भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो।

विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

गाँजाखेती नष्ट

सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ।

व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो।

अवैध रुपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।

गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने समेत प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *