रविन्द्र अधिकारीको क्षेत्रमा रजनी केसी उम्मेदवार

डिसी नेपाल
६ कार्तिक २०७६ १६:१६

काठमाडौं । साझा पार्टीले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ । उप–निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि–विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने पार्टीद्धारा बुधवार जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार रजनी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियानकर्ता हुन् । उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हालेकी छिन् ।

साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी पनि छन् । गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन् । उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *