देवेन्द्रराज कँडेल भन्छन् ‘सम्पत्ति हत्याउन भारतीयले चलखेल गरे’
काठमाडौं। नवलपरासीबाट प्रतिनिधिसभामा निर्वाचित काँग्रेस सांसद तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आफु नेपाली नागरिक नै भएको दावी गरेका छन्। उनले आफ्नो पुर्खेउली सम्पत्ति हत्याउन भारतीयहरले आफूविरुद्ध अनर्गल प्रचार गरेकोसमेत आरोप लगाएका छन्।
उनले भारतको कलेजमा आफुले नेपाली नागरिक नै भएर व्यवस्थापन समितिमा निर्वाचित भएकोसमेत बताएका छन्। उनले आफु नेपाली नागरिक रहेको दावीका लागि भारतको इलाहावाद अदालतमा दायर गरिएको रिटसमेत सार्वजनिक गरेका छन्।
उनले गोरखपुरमा आफुना पूर्वजले नेपालीका लागि विद्यालय स्थापना गरेको र सो विद्यालयको सम्पत्ति हत्याउनका लागि भारतीयले आफूविरुद्धप्रचार गरेको बताएका छन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment