बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

डिसी नेपाल
८ कार्तिक २०७६ ९:२१

बाँके । बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ।

विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ।

विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *