नास्टले विश्वभर रहेका नेपाली वैज्ञानिकहरुको डाइरेक्टरी प्रकाशित गर्ने
This undated image shows the building of Nepal Academy of Science and Technology, in Lalitpur district. Photo: WrackAce Marz via public google maps
काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपाली वैज्ञानिकहरुको यथार्थ विवरणसहितको डाइरेक्टरी प्रकाशन गर्ने भएको छ ।
प्रतिष्ठानले यस आर्थिक वर्ष २०७६।०७७ भित्र नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, चिकित्सा शास्त्र, कृषि विज्ञान, इन्जिनियरिङ्ग, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिकहरुको यथार्थ विवरण संकलन गर्न लागेको हो ।
नास्टले प्रकाशन गर्न लागेको डाइरेक्टरीको नाम ‘हु इज हु इन साइन्स एण्ड टेक्नोलोजी’ राखिनेछ । उक्त डाइरेक्टरी प्रकाशनार्थ आवश्यक विवरण भर्नको लागि नास्टले आफ्नो वेबसाइटमार्फत व्यवस्था मिलाएको छ । नास्टको होमपेज (www.nast.gov.np) भित्र प्रवेश गरी Who is Who Link: (http://www.nast.org.np/whoiswho/) मार्फत फारम भर्न सकिने बताइएको छ ।
यो विवरण भर्ने अवधि यही २०७६ फाल्गुण मसान्तसम्म रहेकाले उक्त समय सीमा भित्र संसारभरी छरिएर रहेका विद्यावारिधी उपाधि प्राप्त नेपाली वैज्ञानिक तथा प्राविधिकहरुलाई फारम भर्न नास्टका सदस्य सचिव ज्योति प्रसाद फुयालले एक विज्ञप्ति प्रकाशित गरी आग्रह गरेका छन् ।







डिसी नेपाल







Facebook Comment