स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पतालमा

डिसी नेपाल
१३ कार्तिक २०७६ १२:३५

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीलाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा लगिएको हो।

प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको र स्वास्थ्यमा खासै समस्या नरहेको अस्पतालले जनाएको छ।

अजरबैजानको बाकुबाट फर्किएपछि प्रधानमन्त्री ओलीलाई धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली बुधबार विहान नौ बजे स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *