प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलसिस गरियो, प्रचण्ड ग्राण्डीमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दिउँसो दोस्रो पटक डायलसिस गरिएको छ। राजधानीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा बुधबार मिर्गौलले काम गर्न छाडेपछि पहिलो पटक डालसिस गरिएको थियो। यद्यपी अस्पताल र प्रधानमन्त्रीको सचिवालयले भने उनको स्वास्थ्यबारे औपचारिक जानकारी दिएको छैन।
बुधबार बिहान ९ बजे अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे बुधबार साँझमात्र प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह र ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले सँयुक्त प्रेस नोट जारी गर्दै स्वास्थ्य अवस्था ‘सामान्य’ रहेको बताएका थिए।
तर, बिहीबार ओलीलाई भेट्न ग्राण्डी पुगेका नेकपा स्थायी कमिटी सदस्य भीम रावलले बिहीबार दिउँसो डायलसिस गर्न लागिएकाले आफुले भेट्न नपाएको बताएका थिए।
यसैबीच प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार दिउँसो नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन्।
दाहाल अस्पताल पुग्दा प्रधानमन्त्री ओलीको डालसिस सम्पन्न भएको जनाइएको छ। यो विषयमा थप जानकारी र स्पष्ट विवरणहरु भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री ओलीको सचिवालयले यो विषयलाई गोप्य राख्ने प्रयास गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment