प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

डिसी नेपाल
१४ कार्तिक २०७६ १७:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । ओली बुधबार अस्पताल भर्ना भएका थिए । उनको होमोडायलसिस गरिएको अस्पताल र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा जनाइएको छ। हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको वक्तव्यमा जनाइएको छ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने जानकारी दिए।

फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.