लेलिन विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक भएको सर्वोच्चको ठहर

डिसी नेपाल
१४ कार्तिक २०७६ १९:०२

काठमाडौं। सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो ।

फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लाग्नुभएका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *