लज्जास्पद हारपछि बायर्न म्युनिखका कोच बर्खास्त
Bayern Munich's Croatian headcoach Niko Kovac is pictured prior to the German first division Bundesliga football match between Eintracht Frankfurt and FC Bayern Munich on November 2, 2019 in Frankfurt am Main, western Germany. (Photo by Uwe Anspach / DPA / AFP) / Germany OUT / DFL REGULATIONS PROHIBIT ANY USE OF PHOTOGRAPHS AS IMAGE SEQUENCES AND/OR QUASI-VIDEO
एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो ।
बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै यो निर्णयमा पुगेको उल्लेख गरेको छ । क्रोएसियाका ४८ वर्षे पूर्व मिडफिल्डर कोभाकले सन् २०१८ को जुलाईमा बायर्नको प्रशिक्षण सम्हाल्न आइपुगेका थिए । त्यहाँ उनले गत सिजन बुन्डेसलिगा र लिग कप जितेका थिए ।
FC Bayern parts ways with Niko Kovac. pic.twitter.com/xl0sjaZAqC
— FC Bayern English (@FCBayernEN) November 3, 2019
कोभाकले १८ महिने बायर्न बसाईका लागि क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् । बायर्न म्युनिखले बुझबार च्यामिपयन्स लिगमा ओलम्पियाकोसँग र शनिबार बुण्डेस लिगामा बोरुसिया डोर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
बायर्नले पछिल्लो ४ खेलमा १ मात्र जित दर्ता गरेको थियो । फ्रान्कफर्टअघि होफेनहाइमसंग पनि पराजित बायर्नले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । च्याम्पियन्स लिगमा टोटेनहमविरुद्ध ७-० को जित दर्ता गरेपनि घरेलु लिगमा भने टोलीको प्रदर्शन बिर्सनलायक रहेको छ । बायर्न लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकभन्दा ४ अंक पछाडी रहेको छ ।







डिसी नेपाल








Facebook Comment