अमेरिकाको जर्जियामा नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम हुने

डिसी नेपाल
१८ कार्तिक २०७६ १५:०१

एट्लान्टा। अमेरिकाको जर्जिया राज्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि विशेष कार्यक्रम हुने भएको छ । नेप्लीज एसोसिएसन इन साउथइस्ट अमेरिकाले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि नेप्लीज एसोसिएसन इन जर्जियाले सहयोग गरेको छ ।

नोभेम्बर ९ शनिबारका दिन बेलुकी साढे ६ बजेदेखि ९ बजेसम्म एटलान्टाको क्लेयरमाउन्ट रोडको हिमालयन स्पाइसमा हुने कार्यक्रममा नेपाल सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ । आयोजकले कार्यक्रम सफल बनाउन सबै सराेकारवालाहरुलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *