बक्सिङका पूर्व-खेलाडी सम्मानित

डिसी नेपाल
१८ कार्तिक २०७६ १९:४०

काठमाडौं। बक्सिङका पूर्व खेलाडी सिद्धार्थ विक्रम भण्डारी क्षेत्री सम्मानित भएका छन् । नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र महासचिव दिपक गुरुङले नेपाली खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मान गरेका हु्न् ।

बेलायतमा बस्दै आएका भण्डारीले नेपाली खेलाडी विरामी पर्दा, समस्यामा पर्दा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । उनले नेपालका युवा बक्सिङ खेलाडीलाई बेलायतमा ३ देखि ६ महिना प्रशिक्षणका लागि व्यवस्था मिलाउन पहल गरेको बताए ।

सो सम्मान कार्यक्रममा राजीव श्रेष्ठ र दिपक गुरुङले खेलाडीलाई गाह्रो सारो पर्दा सहयोग गर्ने हेतुले अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरे । सो कोषमा श्रेष्ठ र गुरुङले १÷१ लाख रुपैयाँ राख्ने घोषणा समेत गरे । सम्मानित भण्डारीले समेत सो कोषमा १ लाख राख्ने घोषणा गरेका थिए ।

सम्मान कार्यक्रमलाई राखेपका सदस्य अर्जुनबहादुर केसी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पियन उमेश मास्केलगायतले भण्डारीको कार्यको प्रशंसा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *