सन्दीपले किन लेखे करोडौं चुनौती छन्?

डिसी नेपाल
१८ कार्तिक २०७६ २१:५१

काठमाडौं। नेपाली क्रिकेटमा पछिल्ला दिनहरु सन्तोशजनक देखिएका छैनन्। नेपाल क्रिकेट संघको निर्वाचन भएर आएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निलम्बन फुकुवा गरेसँगै उत्साहजकजनक हुने ठानिएको नेपाली क्रिकेटमा खेलाडीका गतिविधिले भने निराशा बढाएका छन्।

तत्कालीन कप्तान पारस खड्काले अप्रत्यासित रुपमा कप्तानबाट राजीनामा दिएपछि नेपाली क्रिकेटमा केही न केही खटपट रहेको आशंका बढिरहेका बेला सोमबार बेलायती क्रिकेट क्लब मेरिलोबन क्रिकेट क्लब (एमसीसी)सँगको खेलमा पारस र सन्दीप नदेखिएपछि केही विवादहरु सतहमा देखिन थालेका छन्।

यहीबीचमा नेपालका स्टार लेग स्पीनर सन्दीप लामिछानेले आइतबार राती र सोमबार अबेर सामाजिक सञ्जाल ट्वीटरमा दुई वटा ट्वीट गरे। जसले उनी कुनै समस्यामा रहेको संकेत गरेको छ।

आइतबार सन्दीपले ‘सूर्य एउटै हुन्छ तर, सबैलाई उज्यालो दिन्छ’ लेखेका थिए भने, सोमबार अबेर ‘लाखौं सपना छन्, करोडौं अवरोध छन्, मात्र विश्वासको आवश्यकता छ’ भनेर लेखेका छन्।

उनले यसो लेख्नुलाई सोमबार उनी मैदानमा नदेखिनुलाई जोडेर हेरिएको छ। क्यान स्रोतका अनुसार पारस र सन्दीपले अबुधाबीमा हुने टि टेन लिगका लागि नेपाल क्रिकेट संघ क्यानसँग नो अब्जेक्शन लेटर मागेका छन्। तर, सोही समयमा नेपालले एसियन इमर्जिङ कप खेल्नुपर्ने छ।

टिमका दुई महत्वपूर्ण खेलाडी टिममा नहुँदा नेपाल कमजोर बन्ने निश्चित छ। यस्तो अवस्थामा उनीहरुलाई नो अब्जेक्शन लेटर दिनेकी नदिने दोधारमा क्यान छ। क्यान स्रोतले भन्यो, ‘पारसले छिटै नो अब्जेक्शन लेटर पाउँछन्, सन्दीपबारे भन्न सकिँदैन।’

क्यानको सकरात्मक जवाफ नपाएका सन्दीपले यसैलाई लक्षित गरेर ट्वीट त गरेका होइनन्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *