पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिकलाई

डिसी नेपाल
१९ कार्तिक २०७६ ६:४२

एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा जोकोभिकले शापोभालोपलाई ६–३ र ६–४ को सेटमा पराजित गरे । यो सँगै जोकोभिकले पाँचौ पटक पेरिस मास्टर्सको उपाधि जित्न सफल भएका छन् ।

यसअघि जोकोभिकले सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराएका थिए ।

यता,शापोभालोप भने दोस्रो वरियताका स्पेनिस खेलाडी राफायल नाडालले चोटका कारण नाम फिर्ता लिएपछि फाइनल पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *