टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा श्रीलंकाले आयरल्याण्डको सामना गर्ने

डिसी नेपाल
१९ कार्तिक २०७६ ८:५७

काठमाडौं । आगामी वर्ष अस्ट्रेलियामा हुने आईसीसी वर्ल्ड टी २० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

२०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा १० टिम आईसीसीको वरियतमा शीर्ष १० स्थानमा रहेका छन् भने बाँकी ६ टिम क्वालीफायर चरण पार गरेर छनोट भएका हुन् । २०२० को टी २० विश्वकपमा समूह ए मा श्रीलंकाको साथमा पपुआ न्यू गिनी, आयरल्याण्ड र ओमान रहेका छन् ।

समूह बी मा बंगालादेश, नेदरल्याण्ड्स, नामिबिया र स्कटल्याण्ड रहेका छन् । यी दुई समूहका शीर्ष २–२ टिमले सुपर १२ का लागि छनोट हुनेछन् । सुपर १२ मा ६–६ टिम रहने छन् । पहिलो समूहमा पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्याण्ड र वेस्टइण्डिजको टिमका साथै समूह ए को पहिलो र समूह बीको शीर्ष दोस्रो टिम रहने छ ।

अर्को समूहमा भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानका साथै ग्रुप बीको पहिलो र ग्रुप ए को दोस्रो टिम रहने छन् । टी २० विश्वकपको उद्घाटन खेलमा श्रीलंकाको सामाना आयरल्याण्डसँग हुने भएको छ । टी २० विश्वकपको फाइनल नोभेम्बर १५ मा मेलवर्नमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *