न्यूजिल्याण्ड विजयी

डिसी नेपाल
१९ कार्तिक २०७६ १०:१०

एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्डले दोस्रो पराजय ब्यहोरेको छ। तेस्रो टी–२० मा इंग्ल्याण्ड न्यूजिल्याण्डसँग १४ रनले पराजित भएको छ।

नेल्सनमा भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा७ विकेट गुमाएर १६६ रन मात्र बनायो। इंग्ल्याण्डका डेविड मलानले अर्धसतकिय पारी खेले पनि टिमले जित हात पार्न सकेन। उनले ३४ बलमा ५५ रन बनाए। यस्तै जेम्स भिन्सले ४९ रन बनाए भने अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। न्यूजिल्याण्डका लोकी फर्ग्युृसन र ब्लेयर टिकनरले २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र कोलिन डि ग्राण्डहोमले विस्फोटक पारी खेले। गप्टिलले १७ बलमा ७ चौका प्रहार गर्दै ३७ रन बनाए। यस्तै ग्राण्डहोमले अर्धसतकिय पारी खेले । उनले ३५ बलामा ५ चौका र ३ छक्का प्रहार गर्दैै ५५ रन बनाए। रस टेलर २७ तथा जिमी निशामले २० रन बनाए।

इंग्ल्याण्डका टम कुरनले २ विकेट लिए। योसँगै ५ खेलको टी–२० सिरिजमा न्युजिल्याण्डले दुई खेलमा तथा इंग्ल्याण्डले एक खेलमा जित निकालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *