नेपालले टस जितेर बलिङ रोज्यो, फस्ट क्लासमा कप्तान ज्ञानेन्द्रको डेब्यु
काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्व नेपालको तीन दिवसीय क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो ।काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।
नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।
नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो । लगत्तै एमसीसीले मिक्स टिम सहित यू–१९ टिमसंग र पोखराको टिमसंग टी–ट्वान्टी म्याच खेल्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment