मोदी सरकारले हटायो गान्धी परिवारको उच्च सुरक्षा इकाई

डिसी नेपाल
२२ कार्तिक २०७६ १९:१२

नयाँ दिल्ली (एजेन्सी) । भारतको नरेन्द्र मोदी सरकारले त्यहाँका घरानीया राजनीतिक परिवार गान्धी परिवारलाई दिँदै आएको उच्च सुरक्षा इकाई हटाएको छ।

स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) भनिने सो सुरक्षा इकाई सरकारले फिर्ता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि यो सुरक्षा इकाई काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उनका छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धीलाई दिँदै आइएको थियो।

अब यो श्रेणीको सुरक्षा इकाईको सुविधा पाउने भारतमा प्रधानमन्त्री मोदीमात्र रहेका छन्।

१९८३ मा तत्काली प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि गान्धी परिवारका सदस्य तथा प्रधानमन्त्रीको सुरक्षाका लागि एसपीजी सुरक्षा इकाई गठन गरिएको थियो। त्यसयता भारतमा पहिलो पटक गान्धी परिवार यो सुरक्षा इकाईबाट बञ्चित भएको हो।

असिमित सुरक्षाकर्मी, हवाई स्कर्टिङलगायत विशेष सुरक्षा दिइने यो इकाईको खर्च धेरै हुने गरेको भन्दै मोदी सरकारले गान्धी परिवारलाई दिँदै आएको यो सुरक्षा इकाई फिर्ता लिएको हो।

अब गान्धी परिवारका सदस्यहरुले जेड प्लस भनिने सुरक्षा इकाई पाउने छन्। यसमा ५५ जना सुरक्षाकर्मी रहने बताइएको छ।

गान्धी परिवारको सुरक्षा प्रणाली कमजोर पारिएको भन्दै भारतमा मोदी सरकारको आलोचनासमेत भएको छ। स्मरणरहोस भारतमा गान्धी परिवार निकै संवेदनशील मानिन्छ। गान्धी परिवारका तीनजना उच्च भारतीय नेताको हत्या भएको थियो।

महात्मा गान्धी, तत्काली प्रधानमन्त्री इन्दिरा गान्धी र तत्काली प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो। उता संजय गान्धी भने हवाई दुर्घटनामा मारिएका थिए। गान्धी परिवारबाट उच्च राजनीतिक तहमा पुगेकाहरुको हत्या हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *