आज एकैदिन तोलामा ११ सय बढ्यो सुनको भाउ, चाँदीको पनि उच्च

डिसी नेपाल
२४ कार्तिक २०७६ ११:२१

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ ।

शुक्रबार एकैदिन प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः तोलामा ११ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार चाँदी ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *