घुस लिएको आरोपमा मालपोत कार्यालयका खरिदारविरुछ मुद्दा दायर

डिसी नेपाल
२६ कार्तिक २०७६ २१:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागेको छ ।

सेवाग्राहीसँग जग्गा नामसारी गर्ने बहानामा खरिदार पौडेलले घुस लिएको आरोपमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *