२८ तस्वीरमा हेर्नुहोस् इमर्जिंग टिम्स कपमा नेपाल–भारत क्रिकेट

डिसी नेपाल
२८ कार्तिक २०७६ १६:०४

काठमाडौं। बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो खेल भारतसँग ७ विकेटले हारेको छ । नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि कप्तान बेलुर रवि शरतले ४९, आर्यन जुयालले २९, सनविर सिंहले ५५, अरमान जाफरले नटआउट ५१ र यश राठोरले नटआउट ७ रन बनाए । नेपालको लागि ललित नारायण राजवंशी, करण केसी र सुसन भारीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा १९३ रन बनाउँदै अलआउट भएको हो । आजको खेलमा नेपाली ब्याट्सम्यान पवन सर्राफले आक्रामक अर्धशतक बनाए । उनले ७ चौका र २ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक बनाएका हुन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका थिए । त्यसपछि कुशल भुर्तेलले २८, शरद भेषावकरले ४४, आरिफ शेखले २, दिपेन्द्र सिंह ऐरीले २४, विनोद भण्डारीले ५, सोमपाल कामीले २, पवन सर्राफले ५६, करण केसीले २० रन बनाए ।

भारतका लागि सौरभ दुवेले ४, यश राठोरले ३, पार्थ रेखाडेले २ र सिद्धार्थ देसाइले १ विकेट लिए ।

तस्वीर सौजन्य : रमन शिवाकोटी/क्यान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *