ट्वीटर र इन्स्टाग्राममा पारसलाई सन्दिपको फलोब्याक, के मनमुटाव भएकै थियो ?
काठमाडौं। नेपाली युवा क्रिक्रेटर सन्दिप लामिछानेले राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कालाई सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममा फलोब्याक गरेका छन् । केही समयअघि सन्दिपले पारलाई फलो नगरेका आधारमा विभिन्न समाचारहरु आएका थिए । केहीले उनीहरुबीच मनमुटाव भएका कारण सन्दिपले पारसलाई अनफलो गरेको दावी गरेका थिए ।
बिहीबार मात्र सन्दीपले पारससँगको फोटो साजाजिक सञ्जालमा पोस्ट गरेका थिए। दुवै खेलाडी टी–१० लिग खेल्न हाल दुबइमा छन्। उनले पारसँग सँगै हुँदा खुसी लागेको भन्दै खेलका लागि शुभकामना दिएका थिए। शुक्रबार बिहानै सन्दीपले पारसलाई फलो गरेका हुन्।
सन्दीपले माइक्रो ब्लगिङ साइट ट्विटरमा आए लगत्तै पारसलाई फलो गरेका थिए। तर उनले केही सयम पारसलाई अनफलो गरेका थिए। सामाजिक सञ्जालहरुमा पारसलाई अनफलो गरेको विषयमा फ्यानहरुले विभिन्न दावीसहित सन्दिपलाई ट्रोल गरेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment