दोस्रो खेलमा पनि पारसले पाए मौका, पहिला बलिंग गर्दै टिम आबुधाबी
काठमाडौं। टी–१० लिगको आइतबारको खेलमा टिम आबुधाबीमा रहेका नेपाली राष्ट्रिय पूर्व कप्तान पारस खड्काले दोस्रो खेलमा पनि मौका पाएका छन्। टिम आबुधाबीमा रहेका पारसले यसअघि पनि मौका पाएका थिए। उनी ३ बलमा ३ रन बनाएर नटआउट रहेका थिए ।
आइतबारको खेलमा टिम आबुधाबीले नर्दन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। नर्दन वारियर्सले टस जिते पहिले ब्याटिंग गरिरहेको छ।
टिम आबुधाबी पहिलो जितको खोजीमा छ भने वारियर्सले लगातार जित निकाल्ने पक्षमा छ। टिम आबुधाबीले आफ्नो पहिलो खेल क्लान्दरसँग बराबरी खेलेको थियो भने वारियर्सले पहिलो खेल जितेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment